Skip to content

Keshav Bhattarai

  • About Me
  • प्रकाशन
  • ग्यालरी
  • साहित्य सिर्जना
  • योजना तथा कार्यक्रम
  • सहकार्य
  • लेख तथा प्रतिवेदन

Menu

  • About Me
  • प्रकाशन
  • ग्यालरी
    • फोटो
    • भिडियो
  • साहित्य सिर्जना
    • कथा
    • कविता
    • उपन्यास
    • विविध
  • योजना तथा कार्यक्रम
    • राजनैतिक रुपान्तरण
    • सामाजिक रुपान्तरण
    • रोजगार शृंखला
  • सहकार्य
  • लेख तथा प्रतिवेदन
    • लेख
      • नेपाली
      • English
    • प्रतिवेदन
      • नेपाली
      • english

social link

Close

Hello Iam Keshav Bhattarai

  • About Me
  • प्रकाशन
  • ग्यालरी
  • साहित्य सिर्जना
  • योजना तथा कार्यक्रम
  • सहकार्य
  • लेख तथा प्रतिवेदन
Economist/ writer
Download My Cv


नेताहरूबीच याे व्यक्तित्व टकराव आजकाे हाेइन, भीम मल्लका पालादेखिकाे

Admin    1614521332

[sharethis-inline-buttons]

नेताहरूबीच याे व्यक्तित्व टकराव आजकाे हाेइन, भीम मल्लका पालादेखिकाे

– केशवप्रसाद भट्टराई
नेताहरूबीच याे व्यक्तित्व टकराव आजकाे हाेइन, भीम मल्लका पालादेखिकाे

फेरि पनि देशले एउटा अन्याेलग्रस्त अवस्थाको सामना गर्नुपरेको छ । ७० वर्षपछि बनेको स्थिर सरकारबाट जनतामा जुन अपेक्षा थियो, त्यो कागजको महलमा परिणत भएको छ ।

आर्थिक तथा सामाजिक रूपमा नेपालभन्दा पछाडि रहेका कतिपय मुलुकले चामत्कारिक विकासको खुट्किलो पार गरिरहेका छन् । सिंगापुर, दक्षिण कोरिया, दक्षिण अफ्रिकाजस्ता मुलुकले छोटो समयमा गरेका प्रगतिका कथाहरू पुराना भइसके ।

आज त कुनै समय चरम जातीय द्वन्द्वमा फसेका रुवान्डा तथा इथियोपियाजस्ता मुलुकहरूको प्रगतिले विश्वको ध्यान तान्न थालेको देखिन्छ । आखिर राजनीतिक नेतृत्वमा प्रस्ट दृष्टिकोण, इमानदारिता र समाजप्रति जवाफदेही हुने संस्कार हुने हो भने जुनसुकै अवस्थाबाट माथि उठ्न सक्छ भन्ने कुरा ती देशले प्रमाणित गरिदिए ।

तर सायदै विश्वको सबै भन्दा पुरानो पहिचानयुक्त इतिहास भएको, प्राकृतिक स्रोत साधन निपूर्णता तथा सबै खालका जैविक/अजैविक परिस्थितिका लागि अनुकूल वातारण भएको देश, मल्लकालीन समयमा युरोपेली शैलीभन्दा राम्राे कलाकौशलले भरिएको, शाह शासनकालको पूर्वार्द्धसम्म दक्षिण एसियाको शक्तिशाली देशको रूपमा परिचित देश नेपालले किन अपेक्षाकृत रूपमा विकासको फड्को मार्न सकेन ? विकासको फड्को मार्न नसक्नुका धेरै कारण हुन सक्छन् । तर, इतिहासलाई खोतल्दै जाँदा ‘व्यक्तित्व टकराव’ एउटा यस्तो ऐतिहासिक कडीको रूपमा देखापरेको देखिन्छ, जसले तत्कालीन राजनीतिक व्यवस्थामै ‘यु टर्न’ ल्याइदिएको देखिन्छ ।

वास्तवमा भीम मल्लको हत्या नै इतिहासले सम्झिरहने यस्तो घटनाको रूपमा आयो, जसले सधैँ नेपाली राजनीतिलाई झस्काइदिन्छ । तत्कालीन ‘व्यक्तित्व टकराव’ मा रुमल्लिएको राजनीतिक इतिहास थियो । शासकको  सनकका कारणले एउटा कर्मठ र देशको भलो सोच्ने नेतृत्व त्यतिबेलाको समाजले गुमाउनुपरेको थियो । भीम मल्लको सफलताबाट रुष्ट भारदारको कुरामा विश्वास गरी गद्दी ताकेको आरोपमा  भीम मल्लको हत्या गरिनु नै नेपालको इतिहासमा ‘व्यक्तित्व टकराव’ को थालनीको रूपमा लिन सकिन्छ ।

‘व्यक्तित्व टकराव’ शृंखला शाह शासनकालमा पनि रोकिएन । रानी राजेन्द्रलक्ष्मी देवी र बहादुर शाहबीचको टकरावले तत्कालीन भारदारबीच गहिरो बेमेल खडा गरिदिएको थियो । त्यो बेमेल यति गहिरो थियो कि यसले शाह शासन व्यवस्थालाई नै कमजाेर बनाउँदै लागेको थियो । यसकाे फाइदा प्रत्यक्ष परोक्ष रूपमा भीमसेन थापाले उठाउन सके । परिणामस्वरूप लगभग ३२ वर्षसम्म शक्तिशाली शासकको रूपमा उनी उदाए ।

तर, आफू शक्तिमा आउन तत्कालीन मूल काजी दामोदर पाण्डेको हत्या गरेका उनको अमरसिंह थापासँग पनि गम्भीर मतभिन्नता थियो, जसका कारण नेपाल-अंग्रेज युद्धमा नेपाली सेनाको मनोबल खस्कन पुगेको थियो । परिणामस्वरूप नेपालले आफ्नो ठूलो भूभाग गुमाउन पुगेको थियो । उता दामोदर पाण्डेको हत्याका कारण पाण्डे र थापा खलकबीच सिर्जना भएको गहिरो मनोमालिन्यले भीमसेन थापाको पतनपछि निरङ्कुश राणा शासनको उदय गराउन ठूलो भूमिका खेलेको थियो ।

२००७ सालपछिको गम्भीर ‘व्यक्तित्व टकराव’ राजा महेन्द्र र बीपीबीच रह्यो, जसका कारण तत्कालीन समयको दुईतिहाइको लोकतान्त्रिक सरकारलाई राजा महेन्द्रले अपदस्थ गरी ३० वर्षे जहानियाँ शासनको सुरुवात गरे ।

राणाहरूले १०४ वर्ष शासन गरे पनि उनीहरूबीचकै ‘व्यक्तित्व टकराव’ ले उनीहरूलाई क्रमिक रूपमा कमजाेर बनाउँदै लागेको थियो । तत्कालीन जंगबहादुर राणाका सन्तानको हत्या गरेर शमशेर खलक शासनसत्तामा आए पनि उनीहरूबीच पनि ‘व्यक्तित्व टकराव’ का किस्साहरू जोडिन पुगेका थिए जसले राणा शासनलाई पतनको मुखमा पुर्‍यायो ।

 
 

२००७ सालपछिको गम्भीर ‘व्यक्तित्व टकराव’ राजा महेन्द्र र बीपीबीच रह्यो, जसका कारण तत्कालीन समयको दुईतिहाइको लोकतान्त्रिक सरकारलाई राजा महेन्द्रले अपदस्थ गरी ३० वर्षे जहानियाँ शासनको सुरुवात गरे । त्यसो त त्यो ‘व्यक्तित्व टकराव’ बीपी कोइराला र महेन्द्रबीचमा मात्र नभई बीपी र तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूबीच पनि थियो । परिणामस्वरूप नेपाली प्रजातान्त्रिक अभ्यासको बिरुवा मुना नपलाई निमोठियो ।

२०४६ सालपछिको प्रजातान्त्रिक व्यवस्था पनि ‘व्यक्तित्व टकराव’ कै सेरोफेरोमा रुमल्लिन पुगेको देखिन्छ । नेताहरूले व्यक्तिगत सनकका भरमा संवैधानिक मर्म अनि समाजको आवश्यकतालाई ख्याल नगरी निर्णय लिँदा राजनीतिक स्थिरता कायम हुन सकेन ।

तत्कालीन समयमा आफ्नै पार्टीका सर्वाेच्च नेता गणेशमान सिंह र तत्कालीन प्रतिपक्ष दलसँगको इगोका कारण कारण गिरिजाप्रसाद कोइरालाले बहुमतको सरकार ढाली मध्यावधि निर्वाचनतर्फ लाग्दा नेपालमा राजनीतिक अस्थिरताको संस्कार बस्यो । यही संस्कारबाट हुर्केका शेरबहादुर देउवाले आफूलाई शक्तिमा टिकाउन र गिरिजाप्रसाद कोइरालाप्रति इगो साँध्न फेरि निर्वाचनकै सहारा लिए, जसको फाइदा तत्कालीन राजा ज्ञानेन्द्रले लिए ।

२०६२/६३ पछिको परिवर्तनबाट जनतामा धेरै आशा जागेको थियो । राजनीतिक नेतृत्वमा पनि नयाँ जोश थियो भन्ने अपेक्षा सर्वत्र थियो । तर, व्यवस्था परिवर्तनले नेतृत्वभित्रको मनोरोग परिवर्तन गर्न सकेन । सबैभन्दा ठूलो दलको रूपमा सत्तारोहण गरेका तत्कालीन प्रधानमन्त्री प्रचण्ड र तत्कालीन सेनापति रुक्माङ्गद कटवालबीचको ‘व्यक्तित्व टकराव’ ले फेरि राजनीतिक अस्थिरताको अर्को किस्साको सुरुवात गरायो, जसले सम्पूर्ण राजनीतिक प्रक्रियालाई नै लगभग १० वर्ष पछि धकेलिदियो ।

वास्तवमा ‘व्यक्तित्व टकराव’ कै अर्को किस्साको रूपमा देखा परेको अहिलेको अवस्था धेरैका लागि अपेक्षित थिएन । राजनीतिक दलको ठूलो योगदानले लगभग ७० वर्षपछि देशले स्थिर र बलियो सरकार पाएको थियो । यो सरकार यति बलियो थियो कि यसले गरेको एउटा निर्णयले समाजलाई नयाँ दृष्टिकोण दिन सक्थ्यो । जनआकांक्षाबमोजिमका कार्यक्रम ल्याउन सकेको भए अरु दशौँ वर्ष सायद नेकपाकै सरकार बन्न सक्थ्यो, जुन देशको समग्र आर्थिक सामाजिक विकासका लागि कोसेढुंगा बन्न सक्थ्यो ।

जनतालाई पनि एउटा भरोसा थियो- नेताहरूले धेरै भोगे, त्यसैले अब नयाँ सोचका साथ अगाडि बढ्छन् भन्ने । तर, केपी ओली र प्रचण्डको ‘व्यक्तित्व टकराव’ अनि ओलीको सनकले फेरि मल्लकालदेखिको इतिहासलाई दोहोर्‍याइदियो– सनकको इतिहास, इगोको इतिहास अनि व्यक्तिवादिताको इतिहास ।

त्यसो त नेतृत्वबीच व्यक्तिगत प्रतिस्पर्धा प्रजातान्त्रिक मुलुकमा अनौठो कुरा होइन । तर, त्यस्तै प्रकृतिका अन्य स्थिर मुलुकसँग तुलना गर्दा के देखिन्छ भने जतिसुकै प्रतिस्पर्धा भए पनि, व्यक्तिगत टकराव भए पनि वा मनोमालिन्य भए पनि उनीहरू आफूलाई देशको नीतिभन्दा माथि सम्झँदैनन् । तर, नेपालको सन्दर्भमा अवस्था अलि फरक देखिन्छ ।

यहाँ राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनाइएका संविधान र कानुनलाई आफूअनुकूल बनाउने प्रतिस्पर्धा चल्नाले ‘व्यक्तित्व टकराव’ को अवस्था सिर्जना भएको देखिन्छ । यसले मुलुकको व्यवस्थालाई अन्योलतर्फ धकेलेको देखिन्छ । त्यसैले नीतिप्रधान शासन व्यवस्थालाई लत्याएर व्यक्तिप्रधान शासन व्यवस्थातर्फ उन्मुख हुन खोज्दा फेरि पनि अहिलेको शासकीय व्यवस्था पतनको संघारमा पुग्ने अवस्था सिर्जना भएको देखिन्छ ।

ativador office 2021

Post navigation

BIO DATA
राजनीतिक पुस्तान्तरणको खाँचाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

copyright 2021Keshav Bhattarai All right researved
Developed By : Webbank Nepal
  • About Me
  • प्रकाशन
  • ग्यालरी
  • साहित्य सिर्जना
  • योजना तथा कार्यक्रम
  • सहकार्य
  • लेख तथा प्रतिवेदन