Skip to content

Keshav Bhattarai

  • About Me
  • प्रकाशन
  • ग्यालरी
  • साहित्य सिर्जना
  • योजना तथा कार्यक्रम
  • सहकार्य
  • लेख तथा प्रतिवेदन

Menu

  • About Me
  • प्रकाशन
  • ग्यालरी
    • फोटो
    • भिडियो
  • साहित्य सिर्जना
    • कथा
    • कविता
    • उपन्यास
    • विविध
  • योजना तथा कार्यक्रम
    • राजनैतिक रुपान्तरण
    • सामाजिक रुपान्तरण
    • रोजगार शृंखला
  • सहकार्य
  • लेख तथा प्रतिवेदन
    • लेख
      • नेपाली
      • English
    • प्रतिवेदन
      • नेपाली
      • english

social link

Close

Hello Iam Keshav Bhattarai

  • About Me
  • प्रकाशन
  • ग्यालरी
  • साहित्य सिर्जना
  • योजना तथा कार्यक्रम
  • सहकार्य
  • लेख तथा प्रतिवेदन
Economist/ writer
Download My Cv


आत्मरतिमा रमाउने शासक : क्लियोपेट्रादेखि विद्यादेवी भण्डारीसम्म

Admin    1614521582

[sharethis-inline-buttons]
– केशवप्रसाद भट्टराई
 

जब राज्य सञ्चालकहरू जनताप्रति जवाफदेही हुनुपर्ने कुरा बिर्सिएर आफैँप्रति वा कुनै पात्रप्रति अनुगृहीत हुन थाल्छन्, अनि राज्य व्यवस्थाले लिन सक्ने अनिश्चित यात्रा बुझ्न युरोपको इतिहास पल्टाए पुग्छ । इसापूर्व ६९ मा जन्मिएकी क्लियोपेट्रा सायदै आत्मरतिमा रमाउने शासककी प्रणेता हुन् ।

टोलेमी राजघरानाका युवराज टोलेमी तेह्रौँसँग १८ वर्षको उमेरमा विवाह गरेकी क्लियोपेट्रा टोलेमीबाट शासनसत्ता आफ्नो हातमा लिएर जब मिश्रकी महारानी बनिन्, तब उनले आफूमा अन्तर्निहित सुन्दरता र कामवासनाको भरपूर प्रयोग गरी राज्यको सम्पूर्ण स्रोत मोजमस्तीमा उडाइन् । परिणामस्वरुप मिश्र गृहयुद्धमा फस्न पुग्यो । 

क्लियोपेट्राले मिश्रलाई मात्र होइन, छिमेकी रोमका तत्कालीन शासक जुलियर सिजरलाई आफ्नो यौनिकताले भरिएको प्रेमजालमा फसाई रोमको शासन व्यवस्थालाई पनि तहसनहस बनाइन् । एउटा शासकको जनताप्रतिको जवाफहीनताले देशलाई अनिश्चितताको सुरुङतर्फ कसरी पुर्‍याउँछ भन्ने कुराको गतिलो उदाहरण थिइन्, क्लियोपेट्रा । 

त्यसो त रोम जल्दा बाँसुरी बजाएर बस्ने निरो, आफैँलाई कानुनको पर्यायवाची सम्झने फ्रान्सका राजा लुई सोह्रौँ तथा उनकी रानी एन्टोनिएट युरोपियन इतिहासका त्यस्ता पात्र हुन्, जसको नालायकीपनले तत्कालीन राज्यव्यवस्था सदाका लागि पतन हुन पुग्यो ।

शासन व्यवस्था प्रजातान्त्रिक होस् वा निरंकुश जनताको विकसित आकांक्षाप्रति जवाफदेही हुन नसक्ने शासकले राजनीतिक व्यवस्थालाई नै धरापमा पारेका उदाहरण विश्वमा धेरै छन् । 

अब नेपालतिर फर्कौं । छ प्रधानको मोजमस्ती तथा आत्मरती एउटा यस्तो ऐतिहासिक घटना जसले मल्ल शासन व्यवस्थालाई कमजोर मात्र बनाएन सम्पूर्ण शासन व्यवस्था पतनका लागि मार्गप्रशस्त गर्ने कारण बन्न पुग्यो । छ मल्लको कमजोरीलाई गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यकामा विजय प्राप्त गर्न भरपूर प्रयोग गरे । उनीहरूको राज्य संयन्त्र तथा विधिप्रतिको बेवास्ताका कारण तत्कालीन गोर्खाली सेनालाई उपत्यकाका मल्लमाथि विजय प्राप्त गर्न सजिलो भयो । 

राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मीदेवी आत्मरतिमा रमाउने नेपालको इतिहासकी अर्की पात्र हुन्, जसका कारणले नेपालमा १०४ वर्ष जहानियाँ राणा शासनको उदय भयो । जब वि.सं. १९०० मा राजा राजेन्द्रले रानीलाई राजकीय अधिकार दिए । त्यसपछि उनी आफ्नो छोरो राजकुमार रणेन्द्रलाई राजा बनाउने एकसूत्रीय मद्दामा केन्द्रित रहिन् ।

देश, राज्य प्रणाली, विधि, समाज अनि जनताप्रति न उनी जानकार थिइन्, न त उनलाई कुनै चासो थियो । उनको बाटोमा तगारो बनेका तत्कालीन प्रधानमन्त्री माथवर सिंह थापाको हत्या गर्न पनि उनी पछि परिनन् । उता उनकै कमजोरीसँग खेल्दै जंगबहादुर राणाले सम्पूर्ण शासन व्यवस्था हत्याए । 

 
 

आज फेरि नेपाली राजनीतिमा त्यही आत्मरतीको इतिहास दोहोरिएको भान हुन थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा थालेको नेपालले ७० वर्षपछि स्थिर सरकार मात्र पाएको थिएन, सहभागितामूलक राज्य प्रणालीको अवसर पनि सबै क्षेत्र, वर्ग र लिङ्गका नागरिकलाई दिइएको थियो । परिणामस्वरुप देशले महिला राष्ट्रपति पनि पायो । 

महिला राष्ट्रपति बन्नु मात्र देशका लागि साध्य हुन नसक्ने रै’छ भन्ने कुरा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीले प्रष्ट पारेको छ । राष्ट्रपति संविधानको संरक्षक मात्र होइन, देशको सम्पूर्ण शासन व्यवस्थाको अभिभावक पनि हो । संविधानले परिकल्पना गरेका विधिअनुसार राज्य चले-नचलेको मात्र होइन, राज्यले बनाएका कानुन जनतामैत्री छन् कि छैनन् भन्नेसम्मका पक्षको सूक्ष्म रूपमा अध्ययन गर्ने उनको जिम्मेवारी हो ।

तर, राष्ट्रपतिको कार्यशैली जनताप्रति जवाफदेही हुनेभन्दा पनि ती पात्रप्रति अनुगृहीत देखिन्छ, जसले उनलाई सामान्य गृहिणीबाट नेतृ अनि नेतृबाट राष्ट्रपति बन्न सहयोग गरेका थिए । 

बलात्कारसम्बन्धी विधेयक प्रमाणित गर्न १५ दिनभन्दा बढी समय लगाएकी राष्ट्रपतिले प्रधानमन्त्री ओलीले केही महिना ल्याएको दल विभाजनसम्बन्धी विधेयक अनि संसद विघटको सिफारिसलाई एक दिन पनि नपर्खिएर अनुमोदन गरिन् । यो कार्यशैलीले उनी ३ करोड नेपालीको होइन, प्रधानमन्त्रीकी आज्ञापालक मात्र हुन् भन्ने प्रष्ट पारेको छ ।  

संसद विघटन त्यति हल्का विषय थिएन । यो आफैँमा असंवैधानिक छँदै थियो, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने जोकोहीले पनि एक पटक पुनर्विचार गर्नुपर्ने विषय थियो यो । पाँच वर्षमा गरिने आवधिक निर्वाचनको निरन्तरताले राजनीतिलाई क्रमिक रूपमा परिपक्व बनाउँदै लैजाने मात्र होइन, राजनीतिक प्रणाली बसाउने प्रक्रिया पनि थियो । यो प्रणालीले काम गर्न पाएको भए कमसेकम १५-२० वर्षमा राजनीतिलाई सही ट्र्याकमा ल्याउन सक्थ्यो ।  तर,  त्यो अवसरलाई ओलीले बीचमै रोकिदिए । 

राष्ट्रपतिमा राजनीतिक प्रणाली, लोकतन्त्र तथा समाजप्रति जवाफदेहिताको बोध थियो भने संसद विघटनको निर्णयमा पुनर्विचार गर्ने अवस्थामा सरकारलाई पुर्‍याउन सक्थिन् । प्रचण्डले रुक्माङ्गत कटवाललाई अपदस्थ गर्न खोज्दा तत्कालीन राष्ट्रपतिले त्यसलाई रोकेर सम्भावित दुर्घटनाबाट प्रजातान्त्रिक व्यवस्थालाई बचाएको दृष्टान्त हाम्रैसामु थियो ।

तर, राष्ट्रपति भण्डारी फगत ओली सरकारको रबर स्ट्याम्पका रूपमा आफूलाई प्रस्तुत गरिन् । उनले ओलीको कुर्सी जोगाउन संविधानको मात्र होइन, लोकतान्त्रिक प्रणालीकै हत्या गरिन् । 

जनताको पीडालाई बेवास्ता गर्दा फ्रान्समा तत्कालीन राजसंस्था नै समाप्त भएको थियो भने राज्यलक्ष्मीको आत्मरतिले राणा शासनको उदय भएको थियो । राष्ट्रपति भण्डारीको गैरजिम्मेवार प्रवृत्तिले नेपालको शासकीय व्यवस्थालाई कहाँ पुर्‍याउँछ, त्यो भने हेर्न बाँकी छ ।

friday night funkin download tv express apk  ativador office 2019

Post navigation

राजनीतिक पुस्तान्तरणको खाँचाे
Comprehensive Evaluation of User Committee Policies and Practices

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

copyright 2021Keshav Bhattarai All right researved
Developed By : Webbank Nepal
  • About Me
  • प्रकाशन
  • ग्यालरी
  • साहित्य सिर्जना
  • योजना तथा कार्यक्रम
  • सहकार्य
  • लेख तथा प्रतिवेदन